छुट्टा छुट्टै घटनामा कपिलबस्तुमा २ जनाको मृत्यु भएको छ । चट्याङ लागेका एक र अर्को खोलामा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको बुद्धभुमी नगरपालिका ८ परसुरामपुरमा चट्याग लागेर ६४ बर्षिय सोमकली केवटको मृत्यु भएको छ । आगन बढारदै गरेको बेला चट्याङ लागेर उनको मुत्यू भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मायादेबी गाउपालिका– ३ फुलिकका रहेको मर्थी खोलमा डबुेर कुन्दन मुसलमानका छोरा १५ बर्षे रियादको डुबेर मृत्यु भएको छ । चार जना साथीहरुसंग नुहाउन गएका उनको सोही नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई प्रहरीले नदीबाट निकालेको थियो । शवलाई तौलिहवा अस्पतालमा पोस्र्टमर्टम पछि परिवारलाइृ जिम्मा लगाईएको छ ।
कपिलबस्तुमा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसाफ च्याम्पियनसिप : साम्बाले पहिलो खेल गुमाउने
५३ मिनेट अघि
दसैंमा रिलिज नेपाली फिल्मलाई दर्शक साथ
५ घण्टा अघि