तौलिहवा उद्योग बाणिज्य संघमा गयादीन कुर्मी दीपु अध्यक्षमा निर्वाचित भएका छन । धिरज कुमार गुप्तालाई ३६ मतले पराजितत गर्दै उनी दोस्रो कार्यकालकालाग अध्यक्ष बनेका हुन । निर्वाचनमा कुल ९ सय ४८ मत खसेको थियो । ३ बर्ष अघि पनि संघको भएको निर्वाचनमा कुर्मीले गुप्तालाई अध्यक्षमा हराएका थिए । प्रजातान्त्रिक पक्षबाट कुर्मी र बाम गठबनधनबाट गुप्ता उम्मेदवार बनेका थिए ।
प्रजातन्त्रिक पक्षका ८ र बा पक्षका ५ जना कार्य समितिमा निर्वाचित भएका छन । कार्य समिति सदस्यमा अजय कुमार गप्ता, अर्जन चापागाई, अनन्त भारती, चन्द्रशेखर गुप्ता, सचिन कसौधन, संदीप श्रीवास्तव, सबिता श्रैष्ठ, बृज बिहारी चौधरी, ओम प्रकाश यादव, गिरीजशे चौधरी, महोहोम्द जाहिद खा, साबित्रा गुप्ता र खजान्ची प्रसाद गुप्ता छन । अध्यक्षमा निर्वाचित भएका कुर्मीले आफुले ब्यापारीहरको हकहीतमा काम गर्ने बताए । यस पटक संघको बिधान पािरत गर्ने, संघलाइ बलियो बनाउने प्रतिबद्धता ब्यक्त गरे ।