गृहपृष्ठ खबर रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन द्धारा शैक्षिक सामाग्री हस्तान्तरण ।।

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन द्धारा शैक्षिक सामाग्री हस्तान्तरण ।।

स्वार्थ भन्दा माथी सेवा भन्ने भावना लाई आत्मसात गर्दै रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन र रोटरी क्लब अफ बुटवलको सहकार्यमा शान्ति नि.मा.बि.डुगहवा लाई ५ थान कम्प्युटर र पुर्ण केशर मा.बि. बगदी लाइ ५ थान कम्प्युटर एबम एक थान प्रोजेक्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भयको छ ।उक्त्त सामाग्री हस्तान्तरण एक विशेष कार्यक्रमको आयोजना गरि गरियको थियो ।दुवै स्थान मा आयोजित कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण पन्थले गरेका थिए ।
आर. आइ. डिस्टृक ३२९२ नेपाल भुटान डिस्टिक गभर्नर नोमिनी रोटरियन राजिव पोख्रेलले प्रमुख अतिथिको आसन बाट बोल्दै रोटरीले पब्लिक सर्भिस अन्तर्गत यी सामाग्रीहरु हस्तान्तरण गरेको र यि सामाग्रीहरुबाट धेरै भन्दा धेरै बिद्यार्थी भाइबहिनीहरु लाभान्वित हुने बिश्वास गर्दै यी सामाग्री बाट बिद्यार्थीहरुको चेतना स्तर वृद्धिको शुभकामना समेत गरे । समुदायहरुमा यस खालका कामहरुले समुदायले रोटरीलाइ वास्तविक रुपमा बुझ्ने मौका पनि पाउने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष बासुदेव घिमिरेले टिच प्रोजेक्ट अन्तर्गत यसै प्राकरका कैयौं कामहरु भबिस्यमा गर्ने योजना रहेको समेत बताए । कार्यक्रम रोटरी क्लव अफ बुटवलका सचीव दयानिधि भन्डारीको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार