गृहपृष्ठ खबर रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन द्धारा शैक्षिक सामाग्री हस्तान्तरण ।।

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन द्धारा शैक्षिक सामाग्री हस्तान्तरण ।।

प्रकाशित मिति:

स्वार्थ भन्दा माथी सेवा भन्ने भावना लाई आत्मसात गर्दै रोटरी क्लब अफ कपिलवस्तु मिड टाउन र रोटरी क्लब अफ बुटवलको सहकार्यमा शान्ति नि.मा.बि.डुगहवा लाई ५ थान कम्प्युटर र पुर्ण केशर मा.बि. बगदी लाइ ५ थान कम्प्युटर एबम एक थान प्रोजेक्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भयको छ ।उक्त्त सामाग्री हस्तान्तरण एक विशेष कार्यक्रमको आयोजना गरि गरियको थियो ।दुवै स्थान मा आयोजित कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण पन्थले गरेका थिए ।
आर. आइ. डिस्टृक ३२९२ नेपाल भुटान डिस्टिक गभर्नर नोमिनी रोटरियन राजिव पोख्रेलले प्रमुख अतिथिको आसन बाट बोल्दै रोटरीले पब्लिक सर्भिस अन्तर्गत यी सामाग्रीहरु हस्तान्तरण गरेको र यि सामाग्रीहरुबाट धेरै भन्दा धेरै बिद्यार्थी भाइबहिनीहरु लाभान्वित हुने बिश्वास गर्दै यी सामाग्री बाट बिद्यार्थीहरुको चेतना स्तर वृद्धिको शुभकामना समेत गरे । समुदायहरुमा यस खालका कामहरुले समुदायले रोटरीलाइ वास्तविक रुपमा बुझ्ने मौका पनि पाउने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष बासुदेव घिमिरेले टिच प्रोजेक्ट अन्तर्गत यसै प्राकरका कैयौं कामहरु भबिस्यमा गर्ने योजना रहेको समेत बताए । कार्यक्रम रोटरी क्लव अफ बुटवलका सचीव दयानिधि भन्डारीको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार