गृहपृष्ठ खेलकुद गोल्डेन बल मोड्रिचलाई, एम्बाप्पे उत्कृष्ट युवा खेलाडी

गोल्डेन बल मोड्रिचलाई, एम्बाप्पे उत्कृष्ट युवा खेलाडी

प्रकाशित मिति:

विश्वकप २०१८ को उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले  यो विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भएका छन् । रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरिएको हो । । त्यस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भए ।

तेस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भएका छन् । केनले विश्वकपका सात खेलमा ६ गोल गरेका छन्, जसमा एउटा ह्याट्रिक र तीन पेनाल्टी सामेल छ उनले समूह चरणको खेलमा ट्युनिसियाविरुद्ध २ गोल गरेका थिए भने पानामाविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै उनले अन्तिम १६ को खेलमा कोलम्बियाविरुद्ध १ गोल गरेका थिए ।

सम्बन्धित् समाचार