गृहपृष्ठ खबर ३३ किलो सुन काण्डका नाइके ‘गोरे’ का भाइ पक्राउ

३३ किलो सुन काण्डका नाइके ‘गोरे’ का भाइ पक्राउ

काठमाडौं ।साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेट्स (यूएइ) मा पक्राउ परेका छन् । उप्रेतीलाई नेपाल प्रहरीको आग्रहमा यूएईको प्रहरीले पक्राउ गरेको जनाएको छ । उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।

अनुसन्धानले यूएईबाट नेपालमा सुन पठाउन उप्रेती लगायतका समूहले भूमिका खेलेको देखाएको छ । उक्त समूहको रमेश उप्रेती, मोहन अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो । उप्रेतीलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार