काठमाडौं ।साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेट्स (यूएइ) मा पक्राउ परेका छन् । उप्रेतीलाई नेपाल प्रहरीको आग्रहमा यूएईको प्रहरीले पक्राउ गरेको जनाएको छ । उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।
अनुसन्धानले यूएईबाट नेपालमा सुन पठाउन उप्रेती लगायतका समूहले भूमिका खेलेको देखाएको छ । उक्त समूहको रमेश उप्रेती, मोहन अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो । उप्रेतीलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।