गृहपृष्ठ कला/साहित्य ‘गजल’ हर मौसम एकैनास, घामपानी हुदैन। तिमी हामीले सोचेसरि, जिन्दगानी हुदैन।

‘गजल’ हर मौसम एकैनास, घामपानी हुदैन। तिमी हामीले सोचेसरि, जिन्दगानी हुदैन।

प्रकाशित मिति:

 

हर मौसम एकैनास, घामपानी हुदैन।
तिमी हामीले सोचेसरि, जिन्दगानी हुदैन।

महल होस या झुपडी, टेक्ने यहि माटो हो,
आत्मशान्ति नभए कोहि, भग्यामानी हुदैन।

धर्म -आस्था सङ्गसङ्गै , बिज्ञानलाई नमाने,
गीता, कुरान, बाइबल, पडेर ज्ञानि हुदैन।

कोपिला थियो! फुल्यो, फक्र्यो अनि झरि गयो,
अजर- अमर टिकिरहने जवानी हुदैन।

ज्यान फल्छ पुतली आफै, बतिमा होमिएर,
अधेरीमा रोशनी छर्ने दिप , बेइमानी हुदैन।

मन्जु सिल्वाल(त्रिपाठी)
धादिङ

सम्बन्धित् समाचार