काठमाडौं ।
सरकारले माईतीघर मण्डला लगायत स्थानमा निषेधाज्ञा जारी गरेको बिरोधमा नेविसंघले गरेको प्रदर्शन कार्यक्रममा प्रहरीसँग झडप भएको छ।
माईतीघर मण्डलाबाट नयाँ बानेश्वरतिर अघि बढ्ने क्रममा नेविसंघको प्रहरीसँग तीन ठाउँमा झपड भएको हो ।सरकारले निषेधाज्ञा जारी गरेकै दिन नेविसंघले प्रदर्शनको कार्यक्रम घोषणा गरेको र यो पूर्व घोषित कार्यक्रम भएको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । झडपमा परी २४ जना घाईते भएका छन् ।
नेविसंघले जुम्लामा आमरण अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग पूरा गर्नु पर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेको छ।