गृहपृष्ठ मनोरञ्जन मिलन अनि मादबी को` घिन घिन मादलु` सार्वजनिक (भिडियो सहित )

मिलन अनि मादबी को` घिन घिन मादलु` सार्वजनिक (भिडियो सहित )

प्रकाशित मिति:

वैखरी , काठमाडौं श्रावण १                                                                                                                                      पछिल्लो समय सामाजिक सञ्जाल र युट्यूबमा छाएका युवा गायक तथा संगीतकार मिलन कँडेलले नेपालमै पहिलो पटक ब्याटल तिज गित बजारमा ल्याएका छन् ।  ‘हल्ला फिजायो’ , ‘सररर हावा चल्यो’ बोलको आधुनिक गीत बाट चर्चा कमाएका गायक कँडेलले करिब एक दर्जन गीतहरुमा स्वर तथा संगीत भरिसकेका छन् । अहिलेसम्म कँडेलकै स्वर, संगीत र शब्दमा आधुनिक, पप तथा सेलोलगायतका एक दर्जन गीतहरु बजारमा आइसकेका छन् ।                                                                                                                                                 

यस ब्याटल तिजको भिडियोमा मोडल कमल र सन्ध्याको अभिनय रहेको छ भने केदार धितालको निर्देशन रहेको छ । टङक केसिको छायाङ्कन रहेको सो गीतमा स्वर मिलन कडेल अनि मादबी अर्यालको रहेको छ भने शब्द, संगीत अनि संगीत सम्योजन पनि कडेलको रहेको छ ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका गजेहडामा पिता अर्जुन कँडेल र माता भगवती कँडेलको कोखबाट जन्मेका युवा गायक कँडेल सानैदेखि प्रतिभाशाली व्यक्तित्वका रुपमा परिचित छन् । सानै उमेरदेखि जिल्लास्तरीय सांगितिक कार्यक्रममा भाग लिने गरेका गायक कँडेलले विभिन्न प्रतियोगिताबाट थुप्रै पुरस्कार पनि जित्न सफल भएका छन् । । भविष्यमा सांगितिक क्षेत्रमा आफुलाई स्थापित गर्दै अगाडि बढ्ने योजना बनाएका गायक कँडेल नेपाली सांगितिक क्षेत्रमा धेरै चुनौति, सम्भावना र अवसर भएको बताउँछन् ।

सम्बन्धित् समाचार