गजल-१ कहाँ थियोे र हेर्न सजिलो गाउँमा थियो एउटा जून चम्किलो गाउँमा शहरले नालीमा खुट्टा बजार्यो पुग्यो केही छिटा हिलो गाउँमा मन आईपुगेको कैयौं वर्ष पछी दिमाग आईपुग्छ निकै ढिलो गाउँमा मान्छेहरुको बिचार सांघुरिदै गयो जब पुग्यो बाटो फराकिलो गाउँमा
गजल-२
वर्षौं पछी तिम्रो छेउमा एकछिन उभिन पायो यो मनले अतीत सम्झिएर फेरि बहकिन पायो नजिकैको रुखबाट एउटा फुल किनारमा खस्यो बगरको ढुंगाले आफुलाई भगवान सम्झिन पायो म हैरान भैसकेको थिएँ काफियामा खोज्दा खोज्दा रदिफमा राखेदेखी तिम्रो याद दोहोरिन पायो तिमी सँधै चल्न खोज्छेउ , म सँधै चलाउन खोज्छु जिन्दगी चल्नु र चलाउनुमा फरक देखिन पायो दिग्गज धौराली पा . न . पा . १० , गोरखा हाल : काठमाडौ