गृहपृष्ठ खबर इन्टरनेट शुल्क वृद्धिविरुद्ध नेविसंघको प्रदर्शन

इन्टरनेट शुल्क वृद्धिविरुद्ध नेविसंघको प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले ईन्टरनेट सेवामा वृद्धि गरिएको अतिरिक्त शुल्कको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । साउन १ गतेबाट लागू गरिएको ईन्टरनेट सेवामा बृद्धि गरिएको अतिरिक्त शुल्क घटाउनु पर्ने माग गर्दै नेविसंघले बुधबार नेपाल टेलिकमको कमलादी शाखा अगाडि प्रदर्शन गरेको हो ।
सरकारले साउन १ गतेबाट ईन्टरनेटमा १३ प्रतिशत र टेलिफोनमा २ प्रतिशत अतिरिक्त शुल्क वृद्धि गरेर आम–उपभोक्ताको ढाड सेक्ने काम गरेकाले प्रदर्शन गरिएको अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् । उनले शुल्क वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा चोक–चोकमा फ्रि–वाईफाईको नारा लगाएको दलले सरकारको नेतृत्व गरे पछि ईन्टरनेटमा शुल्क वृद्धि गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

सम्बन्धित् समाचार