डान्सबार “

प्रकाशित मिति:

ओह .. जाँड रक्सी चुरोट छोडेको पनि दुई बर्ष भएछ ! मनमनै सोँचिरहेँ ! धेरै नै सोँचेपछी फेरी म त्यहि पुरानै डान्सबारमा छिरेको थिएँ सिर्फ बियर पिउनको लागी !

डान्सबारमा छिरेको केहिछिन् पछी एउटा आवाज गुन्जिएको थियो ! कता कता सुने जस्तै .. कता कता छोएजस्तै .. कता कता सलबलाएजस्तै ! बस् त्यहि आवाजलाई पिछा गर्दै मुन्टो फर्काईदिएँ !

मैले नजर लगाएँ .. अगाडी स्टेज थियो , एउटा कुर्सीमा माईक लिएर बसिरहेकी थिईन् एक महिला ! धेरै नै गहिरो भावमा डुबेकी जस्तै थिईन् ! यसै त डान्सबारमा छोटा छोटा कपडा लगाएर अंग प्रदसन गर्छन् तर उनि त्यस्तो थिईनन् ! सायद धेरै पहिलेदेखि त्यहिँ गाउने गरेको भएर होला सबै मान्छेहरुले उनलाई चिन्थे पनी ! निलो कलरको साडी , गोल्डेन् ब्लाउज .. बाल कम्मर सम्म झुण्डिएको , बाललाई मनमर्जि गर्न दिएर छोडिएको जस्तो ! कानमा गोल्डन् झुम्का .. सानो गोलो टिका उस्को निधारमा , टिका कालो लगाएकी थिईन् उन्ले ! सायद सबै बारमा रहेका मान्छेहरुले हेर्छन् भनेर होला भन्ने सोँचेँ मैले मनमनै ! सबैमान्छेहरुले उसैलाई होरिरहेका थिए .. र गित सुन्नमा ब्यतित नै देखिन्थे ! म पनि एकटक हेरिमात्रै रहिरहेँ ! उन्ले गित सक्नै लाग्दा एउटी सानी बच्ची उनी तर्फ आउदै गरेको देखेँ ! सायद दुई बर्षकी हुँदिहो ! पिंक कलरको परिवाला ड्रेसमा बहुदै सुन्दर देखिन्थी ! बच्ची चुपचाप गई र उनैको साडीको टुप्पोमा लटपटीन सुरु गरि ! बच्चीलाई काखमा लिँदै उनले गितलाई त्यहिँ रोकिदिएकी थिईन् !

जसै बच्चीलाई काखमा लिएकी थिईन् बच्ची सुते जस्तै गरेकी थिई ! यतिबेला सबैको ओँठमा यहि एउटै प्रस्न उठिरहेको थियो “ के यो उनैको बच्चा हो ? “ उन्ले कहिल्यै बिवाह गरेकी थिईन् ? कसैलाई अत्तो पत्तो थिएन ! न उन्को सिँउदो मा सिन्दुर छ न त मंगलसुत्र गलामा !

अब सबैले अलग अलग भागमा आफ्नो बिचारहरु बिभाजन गरिरहेका थिए “ सायद कसैको बच्चा होला .. सायद बिधवा भएर होला “ अन्य अन्य तरिकामा बिचलन भईरहेको थियो सबैको मन !
उनले त्यहिँ स्टेजबाट नै हामीहरु सबैलाई धन्यबाद र माफी दुबै बोलिदिईन् ! किनकी अचानक उनले आफ्नो गित बिचमा नै बन्द गर्नुपर्ने भयो ! उनले बच्चालाई काखमा नै लिएर स्टेजबाट तल झरेकी थिईन् ! पुरा बार तालीको गडगडाहट बाट गुन्जयमान् भईरहेको थियो .. सायद उनलाई यो कुरा पनि थाहा हुँदोहो मान्छेको नजरमा मलाई देखेर हजारौँ प्रस्नहरु उठिरहेको छ ! तर उनी मुस्कुराउदै झरिन् !

जब उनी स्टेजबाट भुईमा नै झरेकि थिईन् तब उनलाई सबैले घेरिरहेका थिए ! एक पछी अर्को सबैले प्रस्न सोँध्न सुरु गरिसकेका थिए ! “ यार बिहे गरिसकेर पनी कसैलाई पत्तै नहुने “ “ चलो ठिक छ बिहे त छोडौँ कमसेकम आमा बनेको त थाहा हुनुपर्ने ! “ उनले मुस्कुराउदै भनीन् “ हो आमा त बनेँ तर मेरो बिहे नै भएन त खबर कस्लाई होस् ? “ अचानक सबैजना सान्त भएर बसे ! सबैको ओँठमा प्रस्न झुण्डिरहेको थियो तर बोल्न कसैले सकेको थिएनन् ! बिस्तारै एक जना दिदीले सोध्नुभयो “ यस्को बाबा .. ? “

उनले फेरी मुस्कुराउदै बोलीन् “ यस्को आमा र यस्को बाबा जे भनेपनी म नै हुँ .. यो मेरो प्रेमको निसानी हो ! यहि बुझ्नुहोस् तपाईहरु यो मेरो प्राण हो ! “ सायद मान्छेहरुमा केहि सोँध्नुपर्ने प्रस्नहरु नै बचेको छैन होला ! यदि भएको भए पनि सोँध्ने हिम्मत कसैले गरेनन् ! मान्छेहरुले सबै सान्त्वनाका शब्दहरु एककठ्ठा गरिरहेका थिए उनलाई जताउनको लागी तर उनले यि कुराहरुलाई लिनुपर्ने जरुरत नै ठानेकी थिईनन् ! उनको काखमा यो सबै प्रस्नहरुमा लुकेर त्यो बच्ची सुतिरहेकी थिई !

र म .. म पनि उनका यि जवाफहरुले स्तब्ध हुँदै एकटकले उनैलाई सोँचिरहेँ ! “ आजपनी उनले मलाई बदनाम हुनबाट बचाईरहेकी छिन् .. जबकि म उनको अगाडी नै उभिईरहेको थिएँ ! “ ?

सम्बन्धित् समाचार