गृहपृष्ठ राजनीति प्रचण्डलाई शर्माको जवाफःडा. केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड ?

प्रचण्डलाई शर्माको जवाफःडा. केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड ?

प्रकाशित मिति:

काठमाडौं,७ साउन-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डा गोविन्द केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड भन्ने प्रश्न गरेका छन् ।

प्रचण्डलाई उनले आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गर्दै ट्विटमा लेखेका छन्, डा केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड? कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं ‘ माथेमा कार्यदल कसले बनायो? कसले ल्यायो अध्यादेश? लासको राजनीतिक आरोप लगाउनु अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमि हेक्का राख्नुपर्थ्यो कि कमरेड?

सोमबार नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसमा  प्रचण्डले कांग्रेसले लासको राजनीति गर्न खोजेको आरोप लगाउदै अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर समातेर हिडेको बताएका थिए । उनले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले’ अब कांग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको टिप्पणी गरेका थिए ।प्रचण्डले नेपाली कांग्रेसलाई लासको राजनीति गर्न खोजेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई खरो जवाफ दिएका हुन्।

सम्बन्धित् समाचार