गृहपृष्ठ अन्तरास्ट्रिय खबर रियल मड्रिडलाई रोनाल्डोको भावुक पत्र (पूर्णपाठसहित)

रियल मड्रिडलाई रोनाल्डोको भावुक पत्र (पूर्णपाठसहित)

प्रकाशित मिति:

काठमाडौं,२७ असार-विश्वकपमा आफ्नो राष्ट्र पोर्चुगललाई क्वाटर फाइनल सम्म पनि पुर्‍ाउन सकेनन् फुटबल स्टार क्रिश्चियानो रोनाल्डोले। रुस विश्वकपबाट घर फर्केपछि यसअघिका हल्लालाई सही सावित गर्दै अन्ततः स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लबसँगको ९ वर्ष लामो सम्बन्ध टुंग्याए।

उनी विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए।चारवर्षका लागि १ सय १२ मिलियन पाउन्डमा यूभेन्ट्स पुगेसँगै रोनाल्डोले मड्रिड र क्लबका फ्यानहरुलाई सम्बोधन गरेर भावुक पत्र लेखेका छन्।

यस्तो छ रोनाल्डको भावुक पत्र

रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका यी वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए। यस क्लब र यस शहरप्रति ममा सधै आभारीको भावमात्रै रह्यो। मलाई माया र सद्भाव देखाउने सबैप्रति कृतज्ञ छु।

मलाई के लाग्लायो भने यो मेरो जीवनको नयाँ चरणमा प्रवेश गर्ने समय हो र मैले क्लबलाई मेरो सरुवाको अनुरोध ग्रहण गरिदिन भनेको थिएँ। हाम्रा समर्थकसँग म अनुरोध गर्दछु कि कृपया मलाई बुझिदिनुहोस्।

यहाँ बिताएका यी ९ वर्ष उत्साहपूर्ण रहे। तिनीहरु रोकिएर हैन, लगातारका बिताएका ९ वर्ष थिए। यी वर्षहरु मेरा लागि उत्साहजनक रहे र उत्तिकै गार्‍हो पनि।

किनकी, रियल मड्रिडमा रहन कडा मेहनत गर्नुपर्थ्यो। तर, यस क्लबमा रहँदा मैले अद्धितीय हिसाबले फुटबलमा रमाएको कुरा म कहिलै बिर्सने छैन।

मैदानमा अनि ड्रेसिङ रुममा म सधैँ उत्कृष्ट सहकर्मीहरुले घेरिएको हुन्थेँ। हामीले पाँच वर्षमा चार पटक अनि लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समर्थकहरुको न्यानो र अविश्वसनीय मायाँ पायौँ।

व्यक्तिगत रुपमा पनि यस उत्कृष्ट र असाधारण क्लबमा रहँदा मैले ४ गोल्डेन बल र ३ गोल्डेन बुट जितेँ। यो उपलब्धिप्रति म निकै सन्तुष्ट छु।

रियल मड्रिडले मसँगै मेरो परिवारको पनि हृदय जित्यो। त्यसैकारण पनि म क्लब, क्लबका अध्यक्ष, निर्देशकहरु, सहकर्मी, प्राबिधिकहरु, चिकित्सकहरु र कामदारहरुलाई धन्यवाद भन्न चाहान्छु।

पुनः हाम्रा समर्थक र स्पेनिस फुटबललाई धन्यवाद दोहोर्‍याउन चाहान्छु। यी ९ वर्षमा मेरा अगाडि उत्कृष्ट खेलाडीहरु पनि रहनुभयो। उहाँहरुप्रति मेरो सदा आभार रहनेछु।

म धेरैपटक क्लबको प्रतिबिम्बका रुपमा पनि चिनिएँ। तर, अब क्लबका लागि नयाँ चरण आइसक्यो। म जादैँछु, तर, मेरो जर्सी, ती ट्रफी र सेन्टियागो बेर्नाबेउलाई म जहाँ भएपनि सधैँ आफ्नो महसुस गरिरहनेछु।

सबैलाई धन्यवाद ! अनि, ९ वर्ष अघि यहाँ आउँदा स्टेडियममा मैले भनेको शब्द दोहोर्‍याउन चाहन्छु।

हाला मड्रिड !एजेन्सी

सम्बन्धित् समाचार