गृहपृष्ठ खबर ओली सरकारको फड्को, कागज बिहिन बन्यो मन्त्रिपरिषद

ओली सरकारको फड्को, कागज बिहिन बन्यो मन्त्रिपरिषद

प्रकाशित मिति:

काठमाडौं । बिहिबारबाट मन्त्रिपरिषदको बैठक कागज बिहिन बनेको छ । प्रधानमन्त्री सहित मन्त्रिपरिषदका सबै सदस्यहरुलाई ल्याप्टप बाटै मन्त्रिपरिषदको निर्णय  राख्ने व्यवस्था गरेसँगै ओली सरकारले नयाँ फड्को मारेको हो ।

देशलाई प्रविधि मैत्री बनाउने ओली सरकारको योजना अनुरुप मन्त्रिपरिषदमा सुरुवात गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाकार बिष्णु रिमालले ‘आजबाट मन्त्रिपरिषदको बैठक कागज बिहिन हुँदै’ भन्दै ट्विटरमा तस्विर सार्वजनिक गरेका छन् ।

मन्त्रीहरुले आफ्नो मन्त्रालयका प्रस्तावहरु पनि म्याकबुकबाटै प्रस्तुत गर्नुपर्ने भएको छ । आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सबै मन्त्रीहरु म्याकबुकसहित उपस्थित भएका हुन् ।

सम्बन्धित् समाचार