गृहपृष्ठ खबर वाणगंगा नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु एक जना घाईते ।।

वाणगंगा नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु एक जना घाईते ।।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा शुक्रवार ट्रकको ठक्करबाट एक साईकलयात्रीको ज्यान गएको छ भने एक महिला घाईते भएकि छन् । वाणगंगा नगरपालिका २ पिपरामा ट्रकले साईकललाई ठक्कर दिदा अन्दाजी ४१ वर्षिय राजेश रानाको मृत्यु गएको हो । राजेशलाई उपचारका लागी तौलिहवा अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेको हो । यस्तै साईकलमा सवार अन्दाजी ६० वर्षिय लक्ष्मी राना घाईते भएकि छिन् । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक चन्द्र केसीले जानकारी दिए ।  पूर्व बाट परिश्चम तर्फ गईरहेको लु २ ख ८५९ नम्बरको ट्रकले सोही दिसा तर्फ जादै गरेको साईकललाई ठक्कर दिएको हो । साईकललाई ओभरट्याक गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । लक्ष्मी र राजेश आमा छोरा भएको खुल्न आएको छ । उनिहरु दुबैजना वृद्धा र अपाङग भत्ता लिन वडा कार्यलयमा जादै गर्दा ट्रकले ठक्कर दिएको प्रहरिले जानकारि दिएको छ ।

सम्बन्धित् समाचार