कपिलवस्तुको वाणगंगा नगरपालिकामा शुक्रवार ट्रकको ठक्करबाट एक साईकलयात्रीको ज्यान गएको छ भने एक महिला घाईते भएकि छन् । वाणगंगा नगरपालिका २ पिपरामा ट्रकले साईकललाई ठक्कर दिदा अन्दाजी ४१ वर्षिय राजेश रानाको मृत्यु गएको हो । राजेशलाई उपचारका लागी तौलिहवा अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेको हो । यस्तै साईकलमा सवार अन्दाजी ६० वर्षिय लक्ष्मी राना घाईते भएकि छिन् । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक चन्द्र केसीले जानकारी दिए । पूर्व बाट परिश्चम तर्फ गईरहेको लु २ ख ८५९ नम्बरको ट्रकले सोही दिसा तर्फ जादै गरेको साईकललाई ठक्कर दिएको हो । साईकललाई ओभरट्याक गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । लक्ष्मी र राजेश आमा छोरा भएको खुल्न आएको छ । उनिहरु दुबैजना वृद्धा र अपाङग भत्ता लिन वडा कार्यलयमा जादै गर्दा ट्रकले ठक्कर दिएको प्रहरिले जानकारि दिएको छ ।
वाणगंगा नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु एक जना घाईते ।।

लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै‘लागू औषध दुर्व्यसनीमा गम्भिर बन्न आग्रह’
१८ घण्टा अघि
मन्त्रिपरिषद् बैठक बस्दै
१ दिन अघि