कपिलवस्तु उद्योग बाणिज्य सघं र नेपाल पत्रकार महासघं कपिलवस्तु शाखाबिच बैठक सम्पन्न भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको हलमा सम्पन्न भएको बैठकले बाणिज्य सघं र पत्रकार महासघंबिच बार्षिक कार्य योजना निमार्ण गर्ने योजनाका बिषयमा सहमति भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल र पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको नेतृत्वमा भावि योजना साथै त्यसमा सञ्चार माध्ययमको भुमिका के भन्ने बिषयमा उद्योग बाणिज्य सघंका पदाधिकारी र पत्रकारहरुबिच छलफल भएको हो । उद्योग बाणिज्य सघंका सचिव मनोज पौडेल, कोषाध्यक्ष मोहन न्यौपाने, बरिष्ठ सदस्य दोलकराम घिमिरे, पत्रकार हरि अधिकारी, अशोक पौडेल , मोहन बेल्बासे, दिपक अनुरागी लगायतले आ आफनो धारणा राखेका थिए ।
उद्योग बाणिज्य सघं र पत्रकार महासघंबिच बैठक सम्पन्न
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीमा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने
२१ घण्टा अघि
नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने
२१ घण्टा अघि








