त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ९ विकेटले जितेको छ । वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा मेरिलेबोनले दिएको ४१ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४.४ ओभरमा ४१ रन बनाई पूरा गरेको थियो । नेपालका सुुवास खकुरेलले नट आउट १६ रन जोडे भने उप(कप्तान ज्ञानेन्द्र मल्ल पनि १२ रनमा नट आउट रहे ।
नेपालका लागि ओपनर अनिल साहले ९ रन बनाएर आउट भए । उनले ९ बलको सामना गर्दै २ चौका प्रहार पनि गरेका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले निर्धा्रित ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो ।









