गृहपृष्ठ खबर वाणगंगा नगरपालिकामा गरिब परिचयपत्र वितरण हुने ।।

वाणगंगा नगरपालिकामा गरिब परिचयपत्र वितरण हुने ।।

प्रकाशित मिति:

वाणगंगा नगरपालिकाद्धारा नगरभित्र रहेका गरिब तथा अति गरिवीको सुचिमा सुचिकृत घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरिने भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर १ बाट सोमवार देखि सुरु हुने सो अभियानमा नगरपालिकाले सम्पूर्ण गृहकार्य पुरा भएको जनाएको छ ।
सोमवार वाणगंगा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा विहान १० बजे देखि वडा भित्रका नगरिकहरुलार्इं परिचयपत्र वितरण कार्यक्रमको आयोजना गरिएको छ । परिचय पत्र वितरणको सम्पूण तयारी पुरा भएको वडा अध्यक्ष वालकुमारी अधिकारी पन्तले बताईन् । वडा नम्बर १ भित्र २५ देखि ३० जना सम्म मध्यम र अति गरिबको सुचिमा सुचिकृत घरपरिवारको संख्या भएको जानकारि दिईन् ।
यसै विच साउन १५ गते मंगलवार वाणगंगा नगरपालिकाको वडा नम्बर २ मा परिचय पत्र वितरण हुदै छ । परिचय पत्र वितरणका लागि आज वडा नम्बर २ वडा कार्यसमितिको बैठक सम्पन्न भएको वडा अध्यक्ष विष्णु पौडेलले बताएका छन् । वडा भित्र भएका नागरिकहरु मध्ये गरिबिको रेखा भित्र सुचिकृत परिवारको यकिन का लागि वडा कार्यँसमितिले तयारी थालेको हो । परिचय पत्र वितरण कार्य यहि साउन २८ गते वडा नम्बर ११ बाट सम्पन्न हुने जनाइएको छ ।

 

सम्बन्धित् समाचार