गृहपृष्ठ खबर अन्तराष्ट्रिय स्तरको गुणस्तरीयतामा ज्ञानपुञ्ज जादै

अन्तराष्ट्रिय स्तरको गुणस्तरीयतामा ज्ञानपुञ्ज जादै

प्रकाशित मिति:

कपिलवस्तुको वाणागंगा नगरपालिका राजपुरमा रहेको ज्ञानपुञ्ज बोडीङ स्कुल र गजेहडामा रहेको बाणगंगा माविलाई अन्तराष्ट्रिय स्तरको बनाउने अभियान सुरु भएको छ । विद्यालयमा दुई दिनसम्म आयोजना भएको प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमबाट अभियान सुरु भएको हो । ब्रिटिस काउन्सिलका राजदुत तथा प्रशिक्षक दुर्गाप्रसाद पाण्डेले आइएएस प्रक्रियाका बारेमा बिद्यार्थी शिक्षक तथा ब्यवस्थापन समितिका पदाधिकारीलाई जानकारी गराएका थिए । आइएस प्राप्त गर्नका लागी प्रक्रिया सुरु भएकाले स्कुलले गुणस्तरीयतालाई कायम राखी ब्यवहारिक शिक्षाका लागी प्राथमिकता दिने बिश्वास रहेको प्रशिक्षक दुर्गा प्रसाद पाण्डेले बताए । आइएएस प्रक्रियाका लागी आवश्यक मापदण्ड भन्ने बारेमा सो अवसरमा एक बृत्तचित्र प्रस्तुत गरीएको थियो । मुलुकका बिभिन्न स्थानबाट आइएस मापदण्डमा परेका विद्यालयमध्ये यस क्षेत्रबाट ज्ञानपुञ्ज र वाणगंगाा मावि गजेहडा परेका छन् । कार्यक्रममा ज्ञानपुञ्ज बोडीङ स्कुलका प्रिन्सिपल रोमाकान्त घिमिरे, ब्यवस्थापन समितिका दोलकराम घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार