गृहपृष्ठ राजनीति प्रस्तावित प्रधानन्यायाधीशलाई राजीनामा दिएर निकास दिन सत्तापक्षको सन्देश

प्रस्तावित प्रधानन्यायाधीशलाई राजीनामा दिएर निकास दिन सत्तापक्षको सन्देश

प्रकाशित मिति:

काठमाँडौ

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीमाथि शुक्रबार भएको संसदीय सुनुवाइको निर्णय आउन बाँकी नै रहेका बेला सत्तापक्षले राजीनामा गरेर सम्मानजनक निकास दिन सन्देश पठाएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा विवादमा परेपछि संसदीय सुनुवाईकै क्रममा रहेका जोशीलाई संसदबाट अस्वीकृत हुनुभन्दा राजीनामा गर्न सुझाव दिइएको सरकारी उच्चस्तरीय स्रोतले जनाएको छ । सत्तारुढ नेकपा र संघीय समाजवादी फोरमको संसदीय सुनुवाई विशेष समितिमा दुई तिहाइ बहुमत छ । दुई तिहाइले अस्वीकृत गरेमा जोशी प्रधानन्यायाधीश बन्न पाउँदैनन् । संसदीय सुनुवाइ विशेष समितिका सदस्यसमेत रहेका नेकपाका नेता सुमनराज प्याकुरेलले समितिमा सत्तापक्ष एक मत हुने बताए । उनले जोशीको सन्दर्भमा निर्णय लँदा विशेष समितिमा सर्वसम्मत हुने अवस्था रहेको बताए

 

सम्बन्धित् समाचार