बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिकामा पाँच वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पञ्चपुरी नगरपालिकाकै ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले आइतबार सापकोटालाई पक्राउ गरेको जानकारी दिनुभयो सापकोटाले रारी रोपाई सकेर बालिकाको परिवार छिमेकीकोमा खाना खान गएको बेलामा बालिकालाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । बालिकाको दिदी नाता पर्नेले बालिकालाई बलात्कारको प्रयास गर्न लागेको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाँच वर्षीया बालिका बलात्कार गर्न खोजेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज ‘जेनजी’ सहिद दिवस, देशैभरि सार्वजनिक बिदा
२ घण्टा अघि
भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईकाे सहकार्य
१७ घण्टा अघि
कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ
१८ घण्टा अघि








