गृहपृष्ठ खेलकुद त्रिकोणात्मक सिरिज ः नेपाल र नेदरल्याण्ड संयुक्त विजेता ।।

त्रिकोणात्मक सिरिज ः नेपाल र नेदरल्याण्ड संयुक्त विजेता ।।

प्रकाशित मिति:

बेलायतको लर्ड्स क्रिकेट मैदानमा आयोजित त्रिकोणात्मक टी(२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता भएका छन् । नेपाल र नेदरल्याण्डले आयोजक मेरेलीबोन क्रिकेट क्लब एमसीसीलाई हराएका थिए । तर नेपाल र नेदरल्याण्डबीचको निर्णायक खेल भने वर्षाले रद्ध भएपछि दुवैलाई संयुक्त विजेता घोषणा गरिएको हो । लर्डसमा टस हारेर पहिले व्याटिङ शुरु गरेको नेदरल्याण्डले १६ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न थालेको थियो । लगातार वर्षा भइरहेपछि अम्पायरले खेल रद्ध गरिदिए र दुवै टिमलाई संयुक्त विजेता घोषणा गरे ।

नेदरल्याण्ड्सका वेस्ले बेरेसीले सर्वाधिक ४४ रन बनाएका थिए । नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक(एक विकेट लिएका थिए । त्यसअघि नेपालसँग आयोजक एमसीसी ९ विकेटले पराजित भएको थियो । अब नेपाल ऐतिहासिक एकदिवसीय श्रृंखला खेल्न नेदरल्यान्ड प्रस्थान गर्नेछ जहाँ नेपाल र नेदरल्यान्डबीच बुधबार र शुक्रबार दुई खेल हुने छ ।

सम्बन्धित् समाचार