वाणगंगा नगरपालिकाद्धारा नगरभित्र रहेका गरिब तथा अति गरिवीको सुचिमा सुचिकृत घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । सोमवार वाणगंगा नगरपालिका वडा नम्बर १ का ७ जना अति गरिव र १६ जना मध्यम गरि जम्मा २३ जनालाई उक्त गरिवि परिचय पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ । वडा नं १.को वडा कार्यालय बैरियामा कार्यक्रम सम्पन्न भएको थियो । परिचय पत्र पाएपछि सर्वसाधारणहरुले खुसि ब्यक्त गरेको र परिचय पत्रले मात्र वितरण मात्र नभई राहत छिट्टै पाउँनुपर्ने बताएका छन् ।
कार्यक्रममा नगर सामाजिक विकास शाखाका शाखा अधिकृत मधुकृष्ण पौडेल, लक्ष्मी पौडेल, वडाअध्यक्ष वालकुमारि पन्त अधिकारि, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । परिचय पत्र वितरण कार्य यहि साउन २८ गते वडा नम्बर ११ बाट सम्पन्न हुने जनाइएको छ । यसैबिच मंगलवार वडा नं. २ को वडा कार्यालय पिपरामा गरिवी परिचय पत्र वितरण गरिने नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिएका छन् ।