गृहपृष्ठ राजनीति प्रदेश ५ मा मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिकसम्बन्धी विधेयक पारित ।।

प्रदेश ५ मा मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिकसम्बन्धी विधेयक पारित ।।

प्रकाशित मिति:

प्रदेशसभा ५ ले मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा सहित तीनवटा विधेयक पारित गरेको छ । सोमबार बसेको बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा र प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । तीनवटै विधेयक आइतबारको बैठकबाट पारित गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण आइतबार ती विधेयकमाथि प्रदेशसभामा छलफल हुन सकेको थिएन । आइतबार बसेको प्रदेशसभा बैठकमा विपक्षी नेपाली कांग्रेसले उठाएको प्रश्नको मुख्यमन्त्रीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि सोमबारको बैठक सञ्चालन भएको हो । मन्त्री केसीले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने विषय अदालतमा विचाराधीन रहेको जानकारी गराउदै अदालतको फैसलाअनुरुप प्रदेश सरकार अगाडि बढ्ने जवाफ दिए । प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउने अधिकार प्रदेशसभालाई भएकाले त्यस विषयमा प्रदेशसभाले अवलम्वन गर्ने प्रक्रियामा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित् समाचार