गृहपृष्ठ राजनीति सरकारकाे बिरोधमा नेपाली काग्रेस कपिलवस्तुद्धारा तौलीहवा बृहत बिरोध सभा(फोटो फिचर )

सरकारकाे बिरोधमा नेपाली काग्रेस कपिलवस्तुद्धारा तौलीहवा बृहत बिरोध सभा(फोटो फिचर )

प्रकाशित मिति:

नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ । जसअन्र्तगत प्रमुख विपक्षी दल नेपाली कांग्रेस कपिलवस्तुले पनि सरकारविरुद्ध कपिलवस्तुको तौलिहवामा प्रदर्शन गरेको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी स्वरुप बिरोध गरेको छ । दश हजार नेपाली काग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता बिरोध कार्यक्रममा रहेको थियो । संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी , निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन भएको छ । केपि ओलीको पाराले दुख पाए साराले भन्दै नारा लगाउदै नगर परिक्रममा गरिएको थियो । बिरोध सभालाई नेपाली काग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल, सासंद अभिशेख प्रताप शाह, जिल्ला पार्टी सभापति सुरेन्द्र राज आर्चाय, पुर्व सभापति सुधाखर पाण्डे लगायतले सरकारको मनपरिको बिरोध गरेका थिए ।

 

सम्बन्धित् समाचार