कपिलवस्तुको वाणगंगा नगरपालिकाद्धारा नगरभित्र रहेका गरिब तथा अति गरिवीको सुचिमा सुचिकृत घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ । मंगलवार वाणगंगा नगरपालिका वडा नम्बर २ का १० जना अति गरिव, २३ जना मध्यम र २५ जना सामान्य गरि जम्मा ५८ जनालाई उक्त गरिवि परिचय पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ । वडा नं. २ मा वास्तविक गरिव ७६ जना मध्ये सबै उपस्थित नभएकाले ५८ जनालाई गरिवी परिचय पत्र वितरण गरिएको नगर प्रवक्ता तथा वडाअध्यक्ष विष्णु पौडेलले जानकारि दिएका छन् । वडा नं २.को वडा कार्यालय पिपरामा कार्यक्रम सम्पन्न भएको थियो । परिचय पत्र पाएपछि सर्वसाधारणहरुले खुसि ब्यक्त गरेको र परिचय पत्रले मात्र वितरण मात्र नभई राहत छिट्टै पाउँनुपर्ने बताएका छन् ।
कार्यक्रममा नगर सामाजिक विकास शाखाका शाखा अधिकृत मधुकृष्ण पौडेल, लक्ष्मी पौडेल, दिपा केसि, वडा अध्यक्ष विष्णु पौडेल, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । परिचय पत्र वितरण कार्य यहि साउन २८ गते वडा नम्बर ११ बाट सम्पन्न हुने जनाइएको छ । यसैबिच वुधवार वडा नं. ३ को वडा कार्यालय पिपरामा गरिवी परिचय पत्र वितरण गरिने नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिएका छन् ।