वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानि तथा सरसफाई उपभोक्ता समिति वाणगंगा १ उप्टहवा कपिलवबस्तुको सरोकारवाला निकायको सहभागितामा प्रगति समिक्षा तथा आगामि कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वाणगां १ उप्टहवामा अवस्थित उक्त सस्थाको अन्तरक्रिया श्रृङगिघाट कुलापानि समितिको कार्यालयमा सम्पन्न भएको हो । सफा पानि सफा वानी सहयोग पु¥याउँने वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानि भन्ने नारासहित विक्रम सम्वत २०६२ सालमा स्थापना भएको उक्त संस्थाले वाणगंगा नगरपालिकाका वडा नं.१ र ४ का १९ सय ६२ घर परिवारलाई स्वच्छ खानेपानि पु¥याईरहेको छ । स्थानिय श्रोत र साधनको पहिचान र परिचालन गरि उपभोक्ताहरुलाई स्वच्छ तथा सफा खानेपानि वितरण गर्ने लक्ष्य लिई अगाडि बढिरहेको बताईएको छ । कार्यक्रममा उपभोक्ताहरुले विकास निर्माणका योजना अअन्तर्गतका भित्रि वाटोहरु विस्तारले गर्दा खानेपानिमा समस्या आएको बताएका छन् । साथै खानेपानिका पाईपलाईनहरु विनाश भएको गुनासो गरेका छन् । साथै उपभोक्ताहरुले संस्थाको सफलताको कामना गरेका थिए ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष राजेन्द्र विक्रम शाहले समिक्षा तथा आगामि प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७४÷७५ मा जम्मा अनुमानित मध्ये ८३ प्रतिशत कार्यक्रम सम्पन्न भएको जानकारि दिए । उनले त्यस्ता विभिन्न समस्याहरुको उचित ब्यबस्थापन गर्न पहल भईरहेको र बाटोको दुईतर्फ पाईपलाईन विस्तार गरिने बताएका छन् । उनले उपभोक्ताहरुलाई कसरि स्वच्छ खानेपानि उपलब्ध गराउँन सकिन्छ भन्ने तर्फ मात्र ध्यान केन्द्रित भएको बताए । शाहले सम्पुर्ण उपभोक्ताहरुका समस्या समाधान गरि संस्थालाई नमुना संस्था बनाउँने गर्ने प्रतिवद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता रहेको कार्यक्रममा संस्थाका वरिष्ठ सललाहकार सदस्य दोणराज आचार्य, घनश्याम घिमिरे, टिकाराम पौडेल, मनाकामना सािमुदायिक वनका अध्यक्ष अमित पौडेल, नेपाल पत्रकार महनसं कपिलबस्तु शाखाका उापध्यक्ष पार्वती पाण्डे लगायतले मनतब्य राख्दै संस्थाको सफलताको कामना गरका थिए । संस्थाका कोषाध्यक्ष वल बहादुर थापाको स्वागत मन्तब्य तथा सचिव कृष्ण बहादुर शाहि विजयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।