गजल……

प्रकाशित मिति:

.गजल.

उसले मेरो एकछिन हैन पुरै दिन खायो
पैसा सापटी दिन्छु भन्दै जमिन खायो

जसले उ बेला हेला गर्थ्यो गरीब भनेर
उहि साहुले नै आज मबाट ॠण खायो

मदिरा सेवन गर्नु हुदैन भन्ने सिकाएर
डाक्टरले भट्टी गएर पुरै जर्किन खायो

घरमा छोराले फर्सी कहिल्यै खाएन
होटल धाएर चै उसले पम्किन खायो

यति सम्म महँगी बढिरको छ हेर्नुस
गरीबको घरमा धमिराले टिन खायो

नबिना रेग्मी 
बौद्ध काठमाण्डौं

सम्बन्धित् समाचार