कबिता -चिल जीवन युगीन तपाईं सोच्नुहोला म ठूलो पंक्षी हुँ बलियो पंक्षी हुँ त्यसैले माथी, धेरै माथी पुग्नसक्छु मलाई पनि हुरीहरुले आँधीहरुले भोक, प्यास र दु:खहरुले खुब ताने, तलै तल तान्न थुप्रै बाधाहरुले खुब प्रयत्न गरे महाशय ! तपाईंले सोचे जस्तै सतही छैन मेरो ईतिहास आज बलियो छु तर कसैको बक्सिस होईन यो आज भूईँका यावत चिजभन्दा धेरै माथी छु यो कसैको अनुकम्पा होईन मेरा भन्दा ठूला आँखा भएका धेरै अस्तित्व भूंईमै छन मेरा भन्दा तेज आँखा भएका धेरै प्राणी हिलो आहाल वरिपरि नै छन र म आज जस्तो छु जहाँ छु जुन उँचाई र पहिचानमा छु त्यसको कारण हो , केवल - आँखा र आँखामाथिको मेरो विश्वास ।
गृहपृष्ठ कला/साहित्य चिल- जीवन युगीन
चिल- जीवन युगीन
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैउरुग्वेको प्रशिक्षकमा फोर्लान
८ घण्टा अघि
यमनमा हुथीको आक्रमणबाट कम्तीमा ३८ सैनिकको मृत्यु
८ घण्टा अघि
युगान्डाका स्टार फुटबलर डेभिड ओओरीको बीभत्स हत्या
१५ घण्टा अघि
घरमा बगैँचा भएका मानिसमा मधुमेहको जोखिम कम : अध्ययन
१७ घण्टा अघि








