गृहपृष्ठ खबर रोट्र्याक्ट द्धारा ट्राफिक बेरीयल हस्तान्त्रण

रोट्र्याक्ट द्धारा ट्राफिक बेरीयल हस्तान्त्रण

प्रकाशित मिति:

सडक दुर्घटना न्युनिकरणका लागी सबैले आफनो ठाउबाट सचेत भई लागे दुर्घटनामा कमी आउने एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन । रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउनले चार नः जितपुरमा राखेको ट्राफिक बेरीयल हस्तान्त्रण कार्यक्रममा बोल्ने वक्ताले   दुर्घटना न्युनिकरणका लागी सर्वप्रथम आफै सचेत हुनु पर्नेमा जोड दिएका थिए । बाणगंगा नगरपालिका वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्री, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र केसि, रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष बासुदेव घिमिरे लगायतले बोल्दै सामान्य साबधानि नअपनाउदा दुर्घटना बढि हुने गरेकोमा उनीहरुको जोड रहेको थियो । रोट्रेक्ट क्लव अफ कपिलवस्तु मिड टाउनले २ वटा बेरीयल ईलाका प्रहरी कार्यालय पिपरालाई दिएको हो । साथै सो अवसरमा रोटे«क्ट अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष माधव पौडेल, रोट्रयाक्टर समिर सायर , गणेश कार्की लगायतले समेत आआफनो धारणा राखेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो । बेरीयल ग्रहण गर्दै प्रहरि निरिक्षक केसिले दुर्घटना कमी आउनुका साथै , सवारी साधन आवात जावातको रर्कड राख्न समेत सजिलो हुने बिश्वास व्याक्त गरेका थिए ।

सम्बन्धित् समाचार