गृहपृष्ठ खबर अर्थ तन्त्र मजबुद बनाउनु पर्नेमा जोड ः गर्भनर

अर्थ तन्त्र मजबुद बनाउनु पर्नेमा जोड ः गर्भनर

प्रकाशित मिति:

नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरिञ्जीवी नेपालले राष्ट्र समृद्ध बनाउन अर्थतन्त्रमजबुत बनाउनु पर्नेमा जोड दिएका छन । आर्थिक क्रियाकलप बढाए मात्र देशले बिकासका क्षेत्रमा गति लिने उनको भनाई छ । कपिलवस्तुको गोरुसिगेंमा सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रिय कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पैसा कमाउनाका लागि विदेशको भर पर्नु भन्दा नेपालमा नै काम गरे यहाको विकास गर्न सजिलो हुने बताए । कपिलवस्तुको गोरुसिगेंमा आवस्थित सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेड नेपालको प्रदेश नं ५ र ६ भित्रका १० वटा जिल्लामा आप्नो शाखाहरु खोल्ने बताएको छ । कपिलवस्तुमा केन्द्रीय कार्यालय खोल्ने पहिलो वित्तिय संस्था सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेड बनेको छ । यस वित्तिय सस्थाको कार्यक्षेत्र कपिलवस्तु सहित रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाची, रोल्पा, प्युठान, सल्यान र जाजरकोट रहेको कार्यकारी प्रमुख बाबुलाल नेपालले बताए ।

सम्बन्धित् समाचार