कपिलवस्तुको बाणगंगा नगरपालिकामा रातको समयमा नदीजन्य पदार्थको चोरी बढदै गएको छ । प्रहरीले चोरी नियन्त्रणका लागी बिशेष अभियान समेत थालेको छ । जसअन्र्तगत २ महिनाको अवधिमा मात्र ९ वटा ट्रेक्टरलाई रातको समयमा नदीजन्य पदार्थको चोरी गर्दै गर्दा प्रक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जसअन्र्तगत सोमबार रातको समयमा चोरी गर्दै गर्दा २ वटा ट्रेक्टर प्रक्राउ गरी कारबाहीका लागी पठाइएको इर्लाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसिले जानकारी दिए । पानी परेको मौसम बाहेकको समय नदीबाट ढुङगा गिट्टी बालुवा चोरी गर्ने गरेको पाइए पछि चोरी नियन्त्रणका लागी बिशेष योजना बनाई काम गरेको प्रहरी निरिक्षक केसिले बताए । नदीजन्य पदार्थकको नियन्त्रणका लागी थप जनशतिm माग गरी चोरी निकासि हुने ठाउमा चौबिसै घण्टा निगरानि गर्न आफुले पहल थालेको उनको भनाई छ । जसका लागी नदीजन्य पदार्थ चोरी भएको खबर दिन सर्वसाधारणलाई आग्रह समेत गरे । त्यसरी नदीजन्य पदार्थको चोरी निकासि गर्नेलाई जिल्ला समन्वय समितिले पहिलो पटकको लागी दश हजार र त्यसपछिको लागी १५ हजार जरिवाना काटदै आएको अव नगरपालिकाले पनि बारम्बार चोरी गर्नेलाई जरिवाना बढाउदै लैजाने निति ल्याउन आवश्यक रहेको उनको भनाई छ । यसैबिच चोरी निकासिका घटनामा बृद्धि भएपछि सोमबार बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालको नेतृत्वमा वडा नः २, ४, ८, र ११ का वडा अध्यक्ष सहितको टोलीले समेत चोरी निकासि हुने क्षेत्रको अनुगमन गरेको छ । चोरी निकासि नियन्त्रणका लागी नगरपालिकाले पनि बिशेष योजना बनाउने उपमेयर चक्र अर्यालले बताए ।
नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागी प्रहरी सक्रिय


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै‘लागू औषध दुर्व्यसनीमा गम्भिर बन्न आग्रह’
१७ घण्टा अघि
मन्त्रिपरिषद् बैठक बस्दै
१ दिन अघि