काठमाडौं । एसिया कप छनोटको लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको नेतृत्वमा रहेको टोलीले १९ सदस्यीय टोलीको छनोट गरेको हो ।
साउन २९ गतेबाट बन्द प्रशिक्षण सुरु हुनेछ । सो बन्द प्रशिक्षणबाट एसिया कप खेल्ने १५ जना खेलाडीहरु छानिनेछन् । दाहिने हातको औंलामा चोट लागेका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर टोलीबाट बाहिरिएका छन् । उनलाई अझै चार साता आराम गर्नुपर्ने भएकोले उनी यो टोलीको प्ररम्भिक छनोटमा नअटाएका हुन् ।
घोषणा गरिएअनुसारको नेपाली प्रारम्भिक टोलीमा पारस खड्काले कप्तानी गर्ने भएका छन् । टोलीका अन्य सदस्यहरुमा अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनील धमला, सुसन भारी रहेका छन् ।
मलेसियामा आगामी भदौ ११ देखि २२ गतेसम्म हुने प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ l