प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव पेश गर्न विशेष समिति गठन गर्दै प्रदेश ५ को दोस्रो अधिवेशन सकिएको छ । वैशाख ३१ गते सुरू भएको दोस्रो अधिवेशनले ६ वटा विषयगत समिति, २ वटा विशेष समिति गठन गरेको छ भने १५ वटा विधेयक पारित गरेको छ । दोस्रो अधिवेशनको अन्तिम बैठकले प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि १५ सदस्यीय विशेष समिति गठन गरेको छ । समितिमा सबैभन्दा बढी अर्घाखाँचीबाट चेतनारायण आचार्य, निर्मला क्षेत्री र कल्पना पाण्डे, रुपन्देहीबाट तुल्सी चौधरी र रमा अर्याल, कपिलवस्तुबाट विष्णु पन्थी र सहशराम यादव, पाल्पाबाट वीरबहादुर राना र नारायण आचार्य,दाङबाट सरस्वती गौतम, गुल्मीबाट दिनेश पन्थी, बर्दियाबाट भुवनेश्वर चौधरी, रोल्पाबाट दीपेन्द्रकुमार पुन, प्युठानबाट तारा जिसी, बाँकेबाट बाबुराम गौतम रहेका छन्। समितिमा नवलपरासी (पश्चिम) र रुकुम (पूर्व) बाट प्रतिनिधित्व छैन । समितिलाई प्रदेश सभाले ३ महिनाभित्र प्रतिवेदन तयार पारेर पेश गर्न समयसीमा तोकेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी र नामाकरण गर्ने भए पनि कुनै पनि स्थानका लागि दुई तिहाई नपुग्ने भएपछि सहमतिका माध्यमबाट राजधानी र नामाकरण टुंगाउनुपर्ने बाध्यता छ । प्रदेश राजधानीका लागि बुटवल, कपिलवस्तु र दाङको दाबेदारी छ । नामका बारेमा भने लुम्बिनीमा सहमति जुट्ने संभावना छ भने कतिपयले बुद्धभूमि राख्नुपर्ने अनौपचारिक प्रस्तावहरू राख्ने गरेका छन् ।
प्रदेश ५ मा राजधानी र नाम टुंग्याउन विशेष समिति गठन ।।


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनेपाल पाकिस्तानसँग १-० ले पराजित
३० मिनेट अघि
शिक्षकहरुको काठमाडौंमा शक्ति प्रदर्शन
३ घण्टा अघि
शिक्षकका माग तत्काल सम्बोधन गर्न एमालेको माग
३ घण्टा अघि