अतिथि देवो भव:!तिमी आउनुको सट्टा मिक्का सिँलाई पठाईदिएको भए हुने उनी आएको भए -ढिँकाचिका गाएर हामीलाई अंग्रेजी महिना सिकाएर त जान्थे तिमीलाई थाह छ नि-अंग्रेजीको महत्व कति छ !तिमी आउनु भन्दा रामदेव बाबालाई पठाईदिएको भए हुने -उनि आएको भएहामीलाई सास फेर्न त सिकाउँथे तिमी आयौ हामीलाई ऐंठन भयो तिमी नआएर बरु आउनै नमान्ने उदित नारायणलाई गाली गरेर पठाईदिएको भए हुनेतिमीले नेपाली सिकेको खुशी भन्दाकयौँ गुना दु:ख त उसले नेपाली बिर्सेकोमा लागेको छ तिमीलाई थाह छ नि -भाषाको महत्व कति हुन्छ !तिमी उतै बसेर पठाईदेको भएनुन, तेल र चामल हामी अघाउँथ्यौतिमी आयौहामीले हाम्रो पेट कटाउनुपर्यो साँच्चै माया गर्छौ भनेनिकालीदिनु-बर्षौँदेखी कोशीको थिचिएको घाँटीबाट हात भनिदिनु -सिमामा उभिएका तिम्रा मान्छेलाई जतिबेला पनि अरुकोमा नपस्नु ! भनेरमुस्काईदिनु -तिम्रो अनुहार हेरेर बसेका बन्धी सन्धितिर फर्केर यति गर्न तिमी यता आउनै पर्दैन तर,हामीलाई थाह छ तिमी मन्दिर चाहर्न पल्केको मुसा हौ जसलाई भगवान मानेर पुज्दापुज्दै लडाईदिनेछ एकदिन हाम्रो स्वाभिमानको गजुर !तिमी आउनु भन्दा त पठाईदिनु -पशुपति दर्शन कुरेर बसेका बा- आमाहरू तिमीलाई मन लागे हुकुम गर्नु एउटा पशुपति उतै बन्नेछतिमीले त हुकुम गर्ने हो भन!पानी, खानी र सिमा चाहियो !तिम्रा भक्तहरूले प्रशाद चढाईहाल्छन !तिमी आयौ हामीले देख्यौँ - हाम्रा मालिकहरूको चाकरीजुन हामीलाई धेरै सरम लाग्योतिमी आयौहामीलाई हाम्रै शासकले नाकाबन्दी गरेजुन हामीलाई असह्य भयोतिमी आउँदा दिनरात बज्ने साईरनले हाम्रा नानीहरू निदाउनै सकेननजसले हामीलाई पीडा दियोबिन्ती छ ! मिल्छ भने अब नआउनु यताआइहाल्यौ भने सम्झिनु -तिमी कसैको दास भएर बाँचिरहदा आफ्नो शासन आफै गरेर हाँसिरहेथ्यौँ; हामी आयौ भने पनि चुपचाप आउनु र चुपचाप जानु स्वागत छ !केही नचाहिँदो गर्न लाग्दा सम्झिनु -यदि, इतिहासको खलातीमा वीरताको श्वास हालेरस्वाभिमानको गोलले अर्जापेको स्वतन्त्रताको खुकुरीमानालापानीको पानीले पाईन हाल्यौँ भनेँ हामीले सो खुकुरीले के के छिनाल्छ !प्रज्वल अधिकारी