गृहपृष्ठ खबर वाणगंगा नगरको आर्थिक बर्ष २०७४÷७५ को वार्षिक गतिविधिको समिक्षा भदौ ७ गते ।।

वाणगंगा नगरको आर्थिक बर्ष २०७४÷७५ को वार्षिक गतिविधिको समिक्षा भदौ ७ गते ।।

प्रकाशित मिति:

वाणगंगा नगरकार्यपालिको तेस्रो बैठक सम्पन्न भएको छ । मंगलवार बसेको बैठकले महत्वपुर्ण निर्णयहरु गरको छ । बैठकले नगर भित्र बर्षाको समयमा भत्किएका सडक स्तर उन्नति गर्ने निर्णय गरेको छ । बाढिले गर्दा समयमा खाल्डा खुल्डि तथा विग्रिएका सडकहरुको पा्रविधिकहरुको अवलोकन पछि छिट्टै नगरपालिकाले स्तर उन्नति कार्य एक हप्ता भित्र अगाडि बढाउँने नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए । त्यस्तै नगरको श्रमिकहरु र निर्माण सामाग्रिहरुहरुको दर रेट निर्धारण समेत गरिएको छ । यसैबिच नदिजन्य वस्तुहरको चोरि निकासिको बारेमा पनि केहि नियमहरु परिमार्जित गरेको छ । यसअघि नदिजन्य पदार्थको पहिलो पटक चोरि निकासि गरेको ब्यक्तिलाई १० हजार जरिवाना निर्धारण गरिएको थियो । मंगलवारको बैठकले पहिलो १५ पटक चोरि निकासि गर्ने हजार निर्धारण गरिएको छ ।  दोस्रो पटक देखि भेटिएमा १५ प्रतिशतका दरले जरिवाना बढाउँदै लैजाने नगरपालिकाले जनाएको छ ।

त्यस्तै भदौ ७ गते आर्थिक बर्ष २०७४÷७५ को वार्षिक गतिविधिको समिक्षा गरिने भएको छ । चार नम्बर स्थित वाणगंगा पार्टि प्यालेसमा कार्यक्रमको आयोजना गरि नगरपालिकाले एक बर्षमा गरेका गतिविधिहरुको समिक्षा गरिने बताईएको छ । बैठकमा नगर प्रमुख मंगल प्रसाल थारु, उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रसाशकिय अधिकृत तुल्सिराम मरासिनि, विषयगत शाखाहरुका प्रमुख, नगरका कानुनि सल्लाहकार हुमनाथ पाण्डे, वडाअध्यक्षहरुको उपस्थिती रहेको वडा नं. २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार