कपिलवस्तुको बाणगंगा नदी र सो क्षेत्र नजिकका खोलाहरुको अनुगमन भएको छ । रातको समयमा हुने नदीजन्य पदार्थको निकासि नियन्त्रणका लागी योजना बनाउन स्थलगत अनुगमन गरिएको हो । कपिलवस्तु क्षेत्र नः १ का प्रदेश सभा सदस्य बिष्णु पन्थी ,बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी, २ का अध्यक्ष बिष्णु पौडेल, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख चन्द्र बहादुर केसि, बाणगंगा नगरपालिकाका राजश्व भाटका शान्ताराज आर्चाय, पत्रकार भेषराज पाण्डे, अशोक पौडेल लगायतको सहभागितामा अनुगमन भएको थियो । नदीजन्य पदार्थको नियन्त्रणका लागी जरिवानालाई बढाउनुका साथै थप योजना बनाउने नगरपालिकाले जनाएको छ ।