काठमाडौं – इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर-इद आज उत्साहका साथ मनाइरहेका छन् ।
तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इदउलजुहा’ पनि भन्ने गरिन्छ ।
यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।
यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् ।
इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ ।
सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम छ ।
आज बकर-इद: यस्तो छ भीभीआइपीहरुको शुभकामना
बकर इदको बिहान काठमाडौंको जामे मस्जिदमा २५ तस्विरः
केहि तस्बीर श्रोत : रातो पाटी