गृहपृष्ठ खबर मन्त्री विष्टले भने, ‘अब शतप्रतिशत काम गर्छु’

मन्त्री विष्टले भने, ‘अब शतप्रतिशत काम गर्छु’

काठमाडौं– श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गतवर्ष मन्त्रालयले गरेको काम सन्तोषजनक नभएको बताएका छन् । ८० प्रतिशत काम हुनुलाई सन्तोषजनक मान्न नसकिने बताउँदै मन्त्री विष्टले आफनो कार्यकालमा शतप्रतिशत काम गर्ने बताए । उनले अबदेखि महिनामा दुईपटक कामको समिक्षा गर्ने पनि बताए ।

सात दिनभित्र सबै विभाग तथा निकायलाई कार्यसम्पादनका क्रममा देखिएका समस्याको समाधानका उपायसहित विवरण पेश गर्न पनि उनले निर्देशन दिए ।   मन्त्रालयले गत आर्थिक वर्षमा भौतिक तर्फ ८१.३१ प्रतिशत र वित्तियतर्फ ८०.८१ प्रतिशत प्रगति हासिल गरेको प्रगति विवरण मन्त्रालयका तर्फबाट सहसचिव प्रकाश दाहालले प्रस्तुत गरेका थिए । तर यता राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा.रामकुमार फुँयाल र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिले मन्त्रालयको प्रगति विवरण समग्रमा ८० प्रतिशत माथि रहनुलाई सन्तोषजनक मान्नुपर्ने बताउँछन् ।

यद्यपि वर्तमान सरकार, प्रधानमन्त्री कार्यालय, सरकारको बजेट र नीति तथा कार्यक्रमले पनि मन्त्रालयबाट धेरै अपेक्षा राखेकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सहित अन्य विषयमा समेत थप काम गर्न आवश्यक रहेको औल्याए ।

सम्बन्धित् समाचार