गृहपृष्ठ खबर सुनको सहज आपुर्ति नहुदा कपिलवस्तुका सुनचादी ब्यापारीहरु मर्कामा ।।

सुनको सहज आपुर्ति नहुदा कपिलवस्तुका सुनचादी ब्यापारीहरु मर्कामा ।।

प्रकाशित मिति:

सुनको सहज आपुर्ति नहुदा कपिलवस्तुका सुनचादी ब्यापारीहरु मर्कामा परेका छन । तीजको सिजन सुरु भएको छ तर ब्यापारीहरुसंग सुन नहुदा उनीहरुको कारोवारमा असर परेको बताउछन । सरकारले सहजरुपमा सुनको आपुर्ति नगर्दा आफुहरुको ब्यवासय धरासायी बन्दै गएको सुनचादी ब्यवसायी संघका जिल्ला अध्यक्ष देबी प्रसाद बर्माले बताए । सरकारले देशभरकालागि मासिक २० किलो सुन सुनचादी ब्यवसायी महासंघलाई दिने गर्दछ । त्यसको ६० प्रतिशत बढी हिस्सा महासंघ आफले राख्ने गरकोले आफुहरु मर्कामा परको अध्यक्ष बर्मा बताए । जिल्लामा महासंघकाले मासिक ५ किलो मात्र सुन दिने गरेको छ । जुन माग अनुसार धेरै कम भएको सनुचादी ब्यवसायी बताउछन । बैकहरुमा गरिने सुनको लिलामीमा समेत सुनचादी ब्यापारी भन्दा अरुलइृ नै माल दिने गरिएकाले समत समस्या परको उनको दाबी छ । सुनको अभावले बजारमा कालोबजार िसमेत मौलाएको ब्यापारीहरु बताउछन । सिन्डीकेट र कालोबजारीले गर्दा आफुहरुले प्रति तोला ३ हजार ५ सय बढीमा माल किन्न बाध्य भएको उनले बताए । उलने सुनको मापदण्ड समेत बनाउनु पर्ने माग गरे ।
उता सरकारले सहज तरिकाले सुन चाँदी आपुर्ति नगर्दा आफनो पेशा व्यवसाय धरासायी भएको भन्दै कपिलवस्तुका सुन चाँदी व्यवसायी आन्दोलित भएका छन । उनीहरुले तिन दिन सम्म सुन चाँदी पसल बन्द गर्ने निर्णय गरेका छन । यसै बिच कपिलवस्तु सुन चाँदी व्यवसायी संघका केन्द्रिय सदस्य समेत रहेका जिल्ला अध्यक्ष देबी प्रसाद वर्माले प्रेस बिज्ञप्ती मार्फत आफुहरुको व्यवसाय नै संकटमा परे पछि ३ दिन सम्म पसल बन्द गरि बिरोध गर्ने निर्णय गरिएको जनाएका छन । प्रेषित बिज्ञप्तीमा सरकारले व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता गरे पनि सुन चाँदीको आवश्यक आपुर्ति तथा मापदण्ड तोक्ने बिषयमा कुनै चासो नदिएको आरोप लगाईएको छ । सुनको सहज उपलब्धता नहुदाँ प्रति तोला ३ हजार ५ सय बढि रकम तिर्नु पर्ने अवस्था सृजना भई सुन कालो बजारियालाई प्रोत्साहन मिलेको बित्रप्ती मार्फत अवगत गराईएको छ । सुनको प्रयाप्त उपलब्धताका लागी आफुहरुले दबाब दिने उद्धेश्यका साथ तिन दिन सम्म पसल बन्द गर्ने निर्णय गरे पनि आफना माग सुनुवाई नभए चरणबद्ध आन्दोलनमा जाने बिज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित् समाचार