गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभुमिमा मेरो साथी एफएमद्धारा आधारभुत पत्रकारिता तालिम सुरु

कपिलवस्तुको बुद्धभुमिमा मेरो साथी एफएमद्धारा आधारभुत पत्रकारिता तालिम सुरु

कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा एक हप्ते आधारभुत पत्रकारिता तथा उद्यधोषण तालिम सुरु भएको छ । मेरो साथी एफएमद्धारा आयोजित तालिमको उद्यघाटन कार्यक्रममा बोल्दै पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकारिता क्षेत्र निश्पक्ष भई पिडितलाई न्याय दिदै बिकास पत्रकारितामा जोड दिनुपर्ने बताए । बिकासका हिसावले पछि परेका क्षेत्रका समस्यालाई उजागर गरि सञ्चार माध्ययममा ल्याउन आवश्यक रहेकोमा उनले जोड दिए । कार्यक्रममा मेरो एफएमका प्रवन्ध निर्देशक चिन्ता परियार सञ्चारकर्मी अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । तालिममा २५ जनाको सहभागिता रहेको छ । यही महिनामा भित्र मेरो साथी एफएम सञ्चालन आउन लागेको छ ।

सम्बन्धित् समाचार