गृहपृष्ठ खबर कक्षा १० पास नगरेकाे कपिलवस्तु बाणगंगाकाे गाउकाे कथा

कक्षा १० पास नगरेकाे कपिलवस्तु बाणगंगाकाे गाउकाे कथा

प्रकाशित मिति:

अशोक पौडेल जितपर(कपिलवस्तु) १५ भदौ ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा एउटा यस्तो गाउ छ, जहाँ हालसम्म त्यो गाउबाट कसैले कक्षा १० पास गरेका छैनन । सुन्दा पत्याउन निकै गाह्रो हुने यो घटना बाणगंगा वडा नः ८ सिसेनी गाउको हो । करिव ४० घरधुरी रहेको गाउमा कक्षा १० पास गर्न कसैले नसकेर भने होइन । गाउका प्राय सबै कक्षा ७-८ सम्म पढेर छोडने गरेका छन । मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउमा कसैले कक्षा १० पास गरे बाजागाज र फुलमाला सहित निकाल्ने योजना गाउको बुढापाकाहरुको छ ।

गरिविका कारण धेरै पढन गाह्रो हुने भएकाले कक्षा ७÷८ सम्म पढेर घर खर्च जुटाउने काममा त्यहाका बालबालिका लाग्ने गरेका छन । बाणगंगा नदी नजिक भएकाले कोही त्यहाँ त कोही ज्याला मजदुरी गरी जिविका पार्जन गर्नुपर्ने गाउको बाध्यता रहेको छ । उतm गाउमा करिव ६० जना बालबालिका बिद्यालय जाने उमेरका रहेको छन । जसमध्य १५ जना बालबालिकाले हाल कक्षा ६,७, र आठमा अध्ययन गर्दै आएको भएपनि गाउले समाजसेविहरुकै दवाव र आग्रहमा बिद्यालय गई पठनपाठन गर्न लगाइएको छ ।

बिस्तारै पढनुपर्छ भन्ने महशुस गाउकाले गरेकाले हाल कक्षा ७-८ मा पढेका बालबालिकालाई कक्षा १० पढाउने चाहाना रहेकाले सोही बमोजिम सल्लाह सुझाव तथा सहयोग गरेको गाउका समाजसेवि सौकत अलीले बताए । छोरीलाई नपढाउने र छोराहरुलाई १२-१३ बर्षको उमेरपछि घर खर्च जुटाउन खोलामा काम गर्न पठाउने परम्परा रहेको अली बताउछन ।सो गाउबाट हाल तीन जना बिदेश गएका छन भने पुरुष प्राय सबै जाने क्रममा समेत छन । गाउबाट जस्ले सबैभन्दा पहिला कक्षा १० पास गर्छ , उसलाई अबिर माला सँङै स्थानिय वजार परिक्रमा गराउने चाहाना आफनो रहेको उनी बताउछन ।

वडाका अन्य गाउ भन्दा सिशेनि गाउपछि परेको स्वीकार गर्दै वडा नः ८ का वडा अध्यक्ष गुणनिधि भुसालले अवका बिकासका योजना सोही गाउमा केन्द्रीत गरिने बताए । सोही गाउमा मदरसा शिक्षा र कक्षा तीनसम्म प्रावि सञ्चालनमा रहेको छ । त्यहँका बालबालिका वडाको लागी गहना भएकाले सबै बालबालिकालाई बिद्यालयसम्म पुर्याई उच्च शिक्षाका लागी वडाले समेत पहल गर्नुका साथै सहयोग गर्न तयार रहेको अध्यक्ष भुसालले बताए । सडक छेउको बिकास लाई आधार मानेर बिकास भएको मान्नु मुर्खता भएको बताउदै उनले गाउघर भित्रको बिकासलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाई छ । बिकासका दृष्टीले समेत वडाका अन्य गाउभन्दा पछि परेको उतm गाउमा सडकको बिस्तार गर्न ब्यवस्थित गर्न आवश्यक रहको उनी बताउछन । बासका पोल बनाई गाउमा बिद्युत त आयो तर पोल हालसम्म आएको छैन । उक्त गाउमध्य २ घरको मात्र नम्बरी जग्गा रहेको छ भने अन्य सबै बाणगंगा नदी किनारको एेलानी  जग्गामा बसोबास गर्दै आएका छन ।

सम्बन्धित् समाचार