गृहपृष्ठ खबर राजधानीका ४२ स्थानमा फ्रि वाइफाई जडान

राजधानीका ४२ स्थानमा फ्रि वाइफाई जडान

प्रकाशित मिति:

काठमाडौं,१६ भदौ-स्वदेशी र बिदेशी पर्यटकलार्इृ लक्षित गरेर काठमाडौं माहानगरपालिकाले राजधानीका ४२ स्थानमा फ्रि वाइफाई जडान गरेको छ।

यहाँका चार पर्यटकिय र चार पार्क गरी ४२ स्थानमा फ्रि वाईफाई जडान गरिएको महानगरपालिकाका निजी साझेदार कार्यक्रमका प्रमुख महेश काफ्लेले बताएका छन्।

महानगरका ३२ ओटै वडा कार्यलयमा पनि फ्रि वाईफाइ जडान गरीएको काफ्लेले जानकारी दिए। उनका अनुसार पशुपति क्षेत्र, स्वयम्भु, हनुमान ढोका, दरबार क्षेत्र र बौद्धनाथ क्षेत्रका बिभिन्न स्थानमा वाइफाई जोडिएका छन्।

पर्यटकलाई लक्षित गरि वाइफाई जडान गगरिएपनि सर्वसाधारणलाई पनि यो सेवाबाट लाभ लिन सक्नेछन्।

त्यस्तै काठमाडौंका अन्य स्थना शंखपार्क, बालाजुपार्क, रत्नपार्क, काठमाडौं महानगरको मुख्यालय रहेको जेडिए भवन, बागदरबार, टेकुस्थित वातावरण ब्यवस्थापन बिभाग, राष्ट्रिय सभा गृहको सभाहल, बानेश्वरको झक्कुवक्कु पार्क लगायतका स्थानमा फ्रि वाइफाई जडान गरीएको काडमाडौं महानगरपालिकाले जनाएको छ।

सम्बन्धित् समाचार