हरितालीका ” तिज ” को सम्पुर्ण महिला दिदिबहिनी हरुलाइ सुभ कामना !!
भाद्र – १६ सनिवार काठमाडौं
भलवाड काठमाडौं मैत्री समाज द्वारा आयोजित महिला हरुको महान पर्व हरितालीका ” तिज” को सुभ अबसर मा सम्पुर्ण दिदिबहिनी हरु तथा दाजुभाइ हरुको उल्लेख उपस्थिति मा कमलादीस्थित हेरिटेज प्लाजा मा तिज मिलन कार्यक्रम मैत्री समाज का अध्यक्ष श्री प्रेम नारायण पाण्डे को अध्यक्षता सुसम्पन्न गरियो !!
कार्यक्रम मैत्रीपुर्ण तरिकाले भलवाड तथा मोतिपुर समाज का अति विशिष्ट ब्याक्तित्व हरुको जमघट मा आयोजना गरिएको थियो ! काठमाडौं कै अति विशिष्ट स्थान मा आयोजना गरिएको कार्यक्रम सम्भवत लोभलाग्दो नै देखिएको थियो !
बरिस्ठ ब्यक्तित्व हरु पुर्ब अधिकृत तेज प्रसाद पौडेल, शिक्षक तथा समाजसेवि – बाबुराम भुसाल समाजसेवी – काजीमान रायमाझी समाजसेवी – धुर्ब रायमाझी मोतिपुर बाट – चेत ब. वाग्ले लगाएत को कार्यक्रम को रौनक , रमाइलो नाच गान सङ्गै केही छिन भलवाड राजमार्ग देखि नजिक भएर पनि बिकास निर्माणमा सम्बन्धित निकाय को ध्यान नजादा भोग्नुपरेका कैयौ पीडा हरु पनि छरपस्टै पोखिए !
केही छिन सबैलाइ त्यो भलवाड ले भाबुक बनायो ! कोइली नदिमा पुल नबन्दा भोग्नु परेका असङख्य पीडा हरु पनि सम्पुर्ण भलवाड बासिका आखामा केहिबेर टल्पलाए ! आदरणीय दाइ काजिमान रायमाझी को विशेष आर्थिक भुमिका रहयो ! वहाँ लाई कार्यक्रम मा विशेष सम्मान गरियो !
अनि यो तिज विशेष कार्यक्रम आयोजना गर्दै गर्दा धेरै मेहनत गरेर पनि बिरामी को कारण उपस्थिती जनाउन नसकेकी मैत्री समाज कि सचीव श्रीमती मिना के सि को सुस्वास्थ तथा सिघ्र लाभ को कामना पनि गरियो !
कार्यक्रम मा धेरै दिन देखि संघर्षरत , मिना राना , ज्ञानु पाण्डे , मालती राना, मुकुन्द कणेल , इन्द्र रायमाझी , अनिल भुसाल लगायत सम्पुर्ण भलवाड प्रेमी को उत्तिकै प्रिय भुमिका रहयो !! रास्ट्रीय स्तरकै निर्त्य निर्देशक भलवाड – पडरिया का भाइ मदन खडका लगायत भलवाड कि बुहारी कमला भुसाल को तिज निर्त्य ले त हामीलाइ भलवाड नै पुर्याएको मससुस गर्ने को कमि नै भएन !
गाउ भन्दा पर रहेर पनि आत्मियता दर्सिरहेका एस्ता प्रिय कार्यक्रम अब देखि भलवाड मात्र नरहेर मोतिपुर पनि सङ्गै जोडिएको देख्न चाहन्छु भन्नू भो पेसा कर्मी चेत ब. वाग्ले ! समग्रमा अत्यन्तै उत्साहजनक उपस्थिति ले भलवाड कै झल्को गराएको थियो ! र कार्यक्रम मै केही रकम कोष मा जम्मा पनि गरियो ! उक्त रकम विशेष परिस्थितिमा प्रयोगमा ल्याइने कुरा पनि सर्बसहमती भो !!