गृहपृष्ठ विविध जापानमा तिजमिलन कार्यक्रम सम्पन्न

जापानमा तिजमिलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

जापान ,टोकियो भदौ १८

महिलाहरूको महान चाड हरितालिका तीजको मिति नजिकिए संगै प्रवासमा विभिन्न तिजका कार्यक्रम आयोजना हुन थालेका छन । यसै क्रममा रूपन्देही समाज जापानको आयोजनामा कृष्ण-जन्माष्टमीको दिन पारी तिजमिलन कार्यक्रम तथा विविध सास्कृतिक कार्यक्रम  जापानको टोकियोमा सम्पन्न भएको छ ।

दुई सय भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा रूपन्देही जिल्ला लगायत देशका विभिन्न स्थानबाट आएका जापानबासी दिदी बहिनी र दाजुभाईको उत्साहजनक सहभागिता रहेको थियो । टोकियोको सिनओकुबो स्थित टोक्यो रोधी क्लबमा सम्पन्न उक्त कार्यक्रममा जापानमा नै कार्यरत कलाकारहरू सूर्य खड्का,शान्ता जि सी,प्रेम कुमार बस्नेत तथा चेतन घर्ती मगरले महिला दिदी बहिनीहरूलाई छमछमी नचाएका थिए ।

आफ्नो व्यस्त समय र निरन्तरको कामको बाबजुद उक्त कार्यक्रममा  दुःख बेदना बिसाएर छमछमी नाच्न पाउँदा चेलीबेटीहरू अत्यन्त उत्साहित देखिन्थे । समाजका कार्यवाहक अध्यक्ष चेतन बस्नेतको सभापतित्व तथा महासचिव उमेश गिरीको संचालनमा सम्पन्न उक्त कार्यक्रमलाई जापानबासी नेपाली व्यवसायी,सुवेच्छुक तथा रूपन्देही घर भइ जापानमा पेशा/व्यवसाय गरेका विभिन्न व्यक्तित्वहरूले आर्थिक लगायतका विभिन्न सहयोग गरेका थिए !

चेलीबेटीको पर्व तीजको अवसर पारी रुपन्देही समाज जापानले प्रत्येक वर्ष यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ ।

सम्बन्धित् समाचार