काठमाडौ-मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ । शरीर तन्दुरुस्त राख्न चाहँदा चाहँदै पनि शरीर बढिरहेको नै हुन्छ।जसले गर्दा धेरै मानिसहरु पेट बढेकै कारण चिन्तामा डुबेका हुन्छन्। त्यसैले यस्तो समस्याबाट छुट्कारा पाउन जीबन शैलीमा परिर्वतन गर्नुपर्छ।
जसले मोटोपन बढाइरहेका छन्। विभिन्न अनुसन्धानहरुका अनुसार, यी बानीमा नियन्त्रण गर्न सक्ने व्यक्तिले आफ्नो मोटोपनमा पनि नियन्त्रण गर्न सक्छ।
विभिन्न अनुसन्धानहरुका अनुसार, यी बानीमा नियन्त्रण गर्न सक्ने व्यक्तिले आफ्नो मोटोपनमा पनि नियन्त्रण गर्न सक्छ। बिहान छिटो नउठ्नु र हिंड्न नखोज्नु मोटोपनको मूख्य कारण हो।त्यसै गरी घरको खानाभन्दा बाहिर बनेको खाना मन पराउनु।
पर्व वा केही विशेष दिन मनाउँदा, खानालाई प्राथमिकता दिनु। छिटो(छिटो खान खानु । बसेर गर्नुपर्ने काम धेरै समयसम्म गर्नु। आदी इत्यादी कारणले मानिस मोटोपनको शिकार बनेका हुन्छन् ।त्यस्तै खाली बस्दा चिप्स खाने बानी गर्नु ।
सुत्नुपर्ने समयमा राम्रोसंग नसुत्नु। टि.भी हेर्न मन पराउनु र धेरै बेरसम्म टि.भी हेरेर बस्नु । काम गर्दै खाँदै गर्ने बानी । भर्याङ्गबाट नउक्लेर लिफ्ट खोज्नतिर लाग्नु आदी कारणले पेट बढ्ने समस्या हुन्छ । त्यसैले यस्ता समस्यबाट छुट्कारा पाउन माथिका यस्ता काम छाड्नै पर्छ।एजेन्सी