क्यान्भास म्यानुअल प्लेअर्सद्धारा कपिलबस्तु जिल्लामै पहिलोपटक आयोजित मिस्टर एण्ड मिस कपिलबस्तु २०७५ कार्यक्रम अन्तर्गत विशेष क्षमता प्रस्फुटन कार्यक्रम सम्पन्न गरिएको छ । मिस्टर एण्ड मिस कपिलबस्तु २०७५ का प्रतिष्पर्धिहरुले आफ्नो सौन्दर्यताको उद्देश्य सहित भनाई समेत राखेका थिए । प्रतिष्पर्धिहरको वोलने क्षमताको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम राखएको संस्थाले जनाएको छ । महिलाहरुका लागि बलात्कार विरुद्ध आवाजमा प्रतिष्पर्धा गराईएको थियो भने पुरुष तर्फ लागु पदार्थ दुव्र्यसनि विषयमा प्रतिष्पर्धा गराईएको थियो । करिव ३ दर्जन बढिबाट प्रतिष्पर्धा गराई छनौट गरिएका १८ जना प्रतियोगिहरु उक्त कार्यक्रममा सहभागि भएका हुन् । प्रतियोगिहरुले उत्साहका साथ आआफ्ना भनाई राखेका थिए । पहिलो दिनमा आफ्नो परिचय दिन पनि अप्ठ्यारो मान्ने सहभागिहरुले विभिन्न विषयमाथि महत्वपुर्ण भनाईहरु राख्दा तिनिहरुमा साच्चिकै सकारात्मक परिवर्तन आएको क्यान्भास म्यानुअल प्लेअर्सका अध्यक्ष विशु खाणले बताए । कार्यक्रममा नेपाल जेसिस, रोटरि क्लव अफ कपिलबस्तुका सल्लाहकार, सिद्धार्थ नगर विकास समिति उपाध्यक्ष तथा कपिलबस्तु सामुदायिक अस्पतालका अध्यक्ष समाजेसेवी रामजि सेन, रोटरि क्लव अफ कपिलबस्तुका अध्यक्ष तथा होराईजन उच्च माविका प्रिन्सिपल वासदेव घिमिरे र मिस्टर एण्ड मिस कपिलबस्तु २०७५ का ईभेन्ट कोर्डिनेटर सरिन थापा निर्णायकमा रहेका थिए । क्यान्भास म्यानुअल प्लेअर्सका अध्यक्ष विशु खाँणको अध्यक्षता तथा हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
मिस्टर एण्ड मिस कपिलबस्तु २०७५ का प्रतियोगिहरुलाई लक्षित कार्यक्रम ।।

लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
३५ मिनेट अघि