गृहपृष्ठ पत्रपत्रिका बाट राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

प्रकाशित मिति:

कर्णाली राजमार्ग अन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ। सामान्यतः अवस्थामा यो दुरी पार गर्न सडकमार्गबाट एक दिन पर्याप्त हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सुर्खेतबाट गम गढी पुग्न अचेल कम्तीमा पाँच दिन लाग्ने गरेको छ।

दुई साताअघि मुगुको ताल्चा विमानस्थलमा गएको पहिरो निरीक्षण गर्न प्रदेश राजधानीबाट हिँडेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली पाँच दिन लगाएर गम गढी पुग्यो। ‘नाग्म (कालिकोट–जुम्ला सिमाना) सम्म चार वटा गाडी परिवर्तन गर्दै तीन दिनमा पुग्यौँ, त्यहाँबाट दुई दिन पैदल हिँड्नुप¥यो’, मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘फर्कँदा झन् बढी समय लाग्यो।’

वर्षात्का कारण ठाउँठाउँमा गएको पहिरो र बाढीका कारण कर्णाली राजमार्गको यात्रा कष्टपूर्ण मात्रै छैन, जोखिमयुक्त पनि छ। राजमार्गका विभिन्न खसेको पहिरोले घन्टौँ जाममा बस्नुपर्ने, गाडी धकेल्नुपर्ने र अधिकांश ठाउँमा हिँड्नुपर्ने बाध्यता छ। आजको नागरिक दैनिकमा खबर रहेको छ ।

सम्बन्धित् समाचार