गृहपृष्ठ खबर रहस्यमय बन्दै निर्मला हत्याको छानविन ,ज्यानको खतरा भएको भन्दै छानविन समिती बाट राजिनामा

रहस्यमय बन्दै निर्मला हत्याको छानविन ,ज्यानको खतरा भएको भन्दै छानविन समिती बाट राजिनामा

प्रकाशित मिति:

काठमाडौं । कञ्चनपुर भीमदत्तनगर २ उल्टाखामकी निर्मला पन्त हत्याको छानविन थप रहस्यमय बन्दै गएको छ । उच्चस्तरीय छानबिन समितिका एक सदस्य आफूलाई ज्यान जोगाउनै मुस्किल परेको भन्दै समितिबाट अलग्गिएका छन् ।

उच्चस्तरीय छानविन समितिले कञ्चनपुरमा १५ दिन बसेर तयार पारेको प्रतिवेदनको मस्यौदा संशोधन हुँदैछ । केन्द्रमा तानिएका प्रहरी र प्रशासनिक अधिकारीहरुको विवरण समेट्न भन्दै उच्चस्तरीय छानविन समिति उनीहरुको बयानमा लागेको छ ।

प्रतिवेदन दिन दिईएको समय सकिएर म्याद थप भएको छ । समितिमा अब बाँकि रहेका ४ सदस्य गृहकै छन् । न्याय सेवाबाट रहेका सदस्य वीरेन्द्र बहादुर केसी आफ्नो हत्या हुनेसम्मको त्रासले बाहिरिएका छन् । उनले सार्वजनिक गरेको यो कुराले उच्चस्तरीय छानविन समितिको काममा पनि शंका उब्जिएको छ ।

गत साउन १० गते कञ्चनपुकी १३ वर्षीय बालिका पन्तको हत्या छानविन गर्न गठित उच्च स्तरिय छानबिन समिति सदस्यको जिम्मेवारी पाएका विरेन्द्र केसीले आफूले यसअघि राजिनामा दिइसकेको समेत बताए । उनले आफूले राजीनामा हुलाकमार्फत पठाएको स्पष्ट पारे ।

कार्यक्रममा पत्रकारहरुलाई वितरण गरिएको पत्रमा उनले लेखेका छन्, ‘म चाहान्थे वास्तविक अपराधी पहिचान गरी न्यायिक कठगराका उभ्याउन प्रति दिन २० घण्टाको दरले छानविन कार्यमा नै तल्लीन रहे अथक प्रयासको परिणामस्वरुप घटनाको सम्बन्धमा मलाई एउटा निष्कर्षमा पुर्यायो ।’

आफूले अनुसन्धानको प्राविधिक पक्ष उठाउँदै त्यसलाई गम्भीरताका साथ प्रस्तुत गरेको भए पनि आफ्ना सुझावलाई उपेक्षा गरिएको उनको गुनासो थियो ।

‘डिएनए टेस्टको कम्पोजिसन र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुन सक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समिति समक्ष बारम्बार आफ्नो धारणा राख्दै आएँ,’ उक्त पत्रमा भनिएको छ, ‘मेरा धारणा र तथ्य ओझेलमा पर्न सक्ने सम्भावना देखि जिम्मेवारीबाट हटेको जानकारी नेपाल सरकार समक्षा पेश गर्न संयोजकमार्फत मिति २०७५ भाद्र १८ गते निवेदन पेश गरेँ ।’

अर्कोतिर, कञ्चनपुर प्रहरीको हिरासतमा रहेका बम दिदीबहिनीको म्याद थप मात्रै भईरहेको छ । उनीहरुले दिएको बयानबारे प्रहरीले कसैलाई केही जानकारी दिएको छैन । यस्तै, प्रहरीले निर्मलाको हत्या भएको २६औँ दिनमा संलग्न पनि सार्वजनिक गरेका दिलिप विष्टलाई पनि आइतबार ४ दिनको म्याद थप गरिएको छ । प्रहरीले मानसिक अवस्था ठिक नभएको भनिएका उननको मानिसिक र यौन उत्तेजनाबारेको स्वास्थ्य परीक्षण रिपोर्ट अदालतमा बुझाएको छ ।

सम्बन्धित् समाचार