गृहपृष्ठ खबर कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ भलवाड बाट १६ बर्षीय युबती एकाएक सम्पर्कबिहीन

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ भलवाड बाट १६ बर्षीय युबती एकाएक सम्पर्कबिहीन

प्रकाशित मिति:

 वैखरी  भलवाड  कपिलबस्तु

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ भलवाड गाउँबाट एक १६ बर्षीय युबती एकाएक सम्पर्कबिहीन भएकी छन् । गएको भदौ २१ गते स्कुल जान्छु भनेर हिँडेकी बसन्ता बन्जाडे एकाएक सम्पर्क बिहीन भएको परीवारले जनाएका छन् ।

२१ गते बिहान करिब १० बजेतिर स्कुल जान्छु भनेर हिँडेकी उनी नत स्कुल गईन नत घरनै फर्किन आमा सुनिता बन्जाडेले भनिन स्कुल हिँडेकी छोरी साँझ सम्म घर नआएपछी सबै परीवार खोजि गर्न लागेको र स्कुल नगएर एउटा मोटरसाईकलमा एकजना स्थानिय महिला सहित बनगाई सम्म आएको जानकारी भएको आमाले बताइन् । उनले छोरी हराएको खबर प्रहरीमा जानकारी गराएको भन्दै प्रहरीले छोरी खोजिदिन तदारुकता नदेखाएको गुनासो गरेकी छन् । दुई दिनसम्म फोन समेत लागीरहेको र साथीलाई बुटवल छु अब आउँदिन होला भन्ने जस्ता म्यासेज गरेकी थिईन् ।

कुनै जानकारी नभएको स्थानीय एक युवासँग बिवाह गरी आएकी बाग्लु· बुर्तिवा· माईति घर भन्ने सिता परीवारले छोरीलाई ललाई फकाई गरी लगेको भन्दै उक्त महिलालाई पक्राउ गर्न आग्रह गरेकी छन् । छोरी एकाएक हराएपछी जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा किटानी सहीत निबेदन दिँदा समेत उक्त महीलालाई पक्राउ गर्न चासो नदीएको गुनासो गरेकी छन् । सिता बिक भन्ने महिलाले छोरी लगेको भन्ने स्थानियले देखेकाले उक्त महिलालाई नियन्त्रणमा लिएर कार्बाही गर्न प्रहरीलाई भनेको तर ५ दिन बितिसक्दा समेत कुनै अत्तोपत्तो नहँुदा मानसिक तनाब भैरहेको उनले बताइन् ।

यता जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोज यादबले हराएकी बालिकाको हुलीया सम्पूर्ण कार्यालयमा परीपत्र गरीसकेको भन्दै खोजि कार्य भैरहेको प्रमुख यादबले बताए । यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले हराएकी युवती बुटबल आएको भन्ने सुचनाको आधारमा बिभिन्न ठाउँमा खोजतलास भैरहेको भन्दै युवती सँग रहेको भन्ने युवतीको समेत ब्यापक खोजी भैरहेको बताए तर घरका परीवार भने ५ दिन बितीसक्दा समेत कुनै जानकारी नपाउँदा थप समस्यामा परेका छन् ।

सम्बन्धित् समाचार